राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

52

रासस/काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७५/०७६’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा युवराज खतिवडाले मङ्गलबार पदबाट दिएका राजीनामा स्वीकृति गरिएको र उनको जिम्मेवारी प्रधानमन्त्री स्वयंले नै सम्हाल्ने गरी तोकेको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष तिमिल्सिनाले वाचन गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न १ बजे बस्नेछ ।

समाचार वर्गहरू