काठमाडौं – राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन्।
बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
५५ सांसद उपस्थित बैठकमा उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत खसेको थियो ।
त्यसअघि भएको मतविभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो।
यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो।