हेल्प नेपाल स्पोटर्स क्लब अन्तिम चारमा

23

(काठमाडौं) – आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसिप भलिबलको पाँचौ संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । बुलबुले रारा क्लबलाई आज ३–० को सेटमा हराउँदै हेल्प नेपाल स्पोटर्स क्लबले अन्तिम चारमा स्थान पक्का गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

यसअघि तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन् । सेमिफाइनलमा भोलि विभागीय डर्बीमा आर्मी र एपिएफ तथा पुलिस र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बुलबुले रारालाई २५–१६,२५–२० र २५–१९ ले हराएको थियो । महिलातर्फको सेमिफाइनलमा साविक विजेता एपीएफ र पुलिस तथा न्यू डायमण्ड स्पोर्टस् क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दुवैतफैको सेमिफाइनल भोलि र फाइनल खेल पर्सि हुनेछ ।

समाचार वर्गहरू