काठमाडौं – राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाकाे बुधबारको बैठकमा समिति सभापतिहरूको चुनावकाे मिति तोकिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनावका लागि चैत ४ गते आइतवारको दिन तोकेको जानकारी गराएका हुन् ।
उनले समिति सभापतिहरूको चुनावसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याललाई निर्देशन पनि दिएका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी चैत २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।