राष्ट्रिय सभाका २० जनाको कार्यकाल सकिँदै, को-को बाहिरिँदै ?

15

काठमाडौं – राष्ट्रिय सभाका २० जना सदस्य हरूको कार्यकाल आगामी फागुन २० गते सकिने भएको छ। २०७५ असार ४ गते भएको गोलाप्रथा बाट ४ वर्षे कार्यकालका लागी छनौट भएका २० सांसदको रिक्तस्थानमा नयाँ निर्वाचन हुनेछ।

यसै बिषयमा केन्द्रित रहेर निर्वाचन आयोगको टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिसकेको छ।

निर्वाचन आयोगका अनुसार फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ।

गत जेठ १७ गते राष्ट्रिय सभा सदस्य भएका कांग्रेसका दृगनारायण पाण्डेय पनि पदमुक्त हुनेछन्। उनी गोलाप्रथाबाट चार वर्षे पदावधि निर्धारण गरेका चन्द्रबहादुर खड्काको स्थानमा आएकाले सोही अनुसार उनको पदावधि निर्धारण भएको हो।

क-कसको सकिँदै छ पदावधि ?
फागुनमा पदावधि सकिने सांसद्हरु चार वटा पार्टीका छन्, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र कांग्रेस।

नाम हालको पार्टी निर्वाचित भएको प्रदेश निर्वाचित भएको समूह
अगमप्रसाद वान्तवा राई नेकपा एमाले प्रदेश १ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय
कविता बोगटी नेकपा एमाले कर्णाली प्रदेश महिला
कोमल वली नेकपा एमाले लुम्बिनी प्रदेश महिला
चक्र प्रसाद स्नेही नेकपा एमाले सुदूरपश्चिम प्रदेश दलित
नैनकला ओझा नेकपा एमाले प्रदेश १ अन्य
परशुराम मेघी गुरुङ नेकपा एमाले प्रदेश १ अन्य
रामलखन चमार नेकपा एमाले लुम्बिनी प्रदेश दलित
सुमनराज प्याकुरेल नेकपा एमाले प्रदेश २ अन्य
खिमबहादुर विक नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश दलित
जीवन बुढा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय
दीनानाथ शर्मा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अन्य
रामनारायण बिडारी राष्ट्रपतिबाट मनोनित
शशिकला दाहाल नेकपा माओवादी केन्द्र प्रदेश २ महिला
उदया शर्मा पौडेल नेकपा एकीकृत समाजवादी बागमती प्रदेश महिला
ठगेन्द्र प्रकाश पुरी नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अन्य
शान्तिकुमारी अधिकारी जीसी नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश महिला
शेरबहादुर कुँवर नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अन्य
दृगनारायण पाण्डेय नेपाली कांग्रेस लुम्बिनी प्रदेश अन्य
तारादेवी भट्ट नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महिला
राधेश्याम अधिकारी नेपाली कांग्रेस बागमती प्रदेश अन्य

 

समाचार वर्गहरू