राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेकालागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

12
फाइल फोटो

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ । जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन ग¥यो ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए । सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

 मन्त्रिपरिषद बैठकका निर्णय :

१. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५ सय ३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ।

२.  वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने निर्णय भएको छ।

३. २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभि- अभिलेखालय पुनर्निर्माण र गङ्गा घाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

४.  मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२  स्वीकृत गर्ने निर्णय भएको छ।

५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ।

६. आगामी माघ ४  गते आइतबारको दिन बिहान ११ बजे  संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने गरि संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

समाचार वर्गहरू