रास्वपाले गठन गर्यो ३६ वटा विभाग, कुन विभागको प्रमुख को ? (सूचीसहित)

7

काठमाडौं – रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागहरु गठन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरी तिनका प्रमुखहरु समेत नियुक्त गरेको हो ।

जस अन्तर्गत, नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी डा. मुकुल ढकाल ढकलले पाएका छन् । त्यसैगरी अर्थ नीति विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

यस्तो छ केन्द्रीय विभाग र प्रमुखको नाम –

नीति तथा विचार विभाग-डा. मुकुल ढकाल

प्रशिक्षण विभाग- डा. मुकुल ढकाल

सङ्गठन विभाग- कबिन्द्र बुर्लाकोटी

अभियान तथा प्रचार प्रसार विभाग- विपिन आचार्य

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग- शिशिर खनाल

प्रवास नेपाली सम्पर्क विभाग- डोल प्रसाद अर्याल

मानवीय विकास प्रवर्द्धन विभाग- कुशुम महर्जन

केन्द्रीय (आरएटी) संयोजन विभाग- विष्णु कुमार श्रेष्ठ

उत्पादन प्रवर्द्धन विभाग- रामकृष्ण भट्टराई

नेतृत्व क्षमता तथा मानव संसाधान विकास विभाग- खुश्बु सरकार श्रेष्ठ

जनसम्पर्क विभाग- दिपक बोहोरा

भष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग- हरि ढकाल

आर्थिक व्यवस्थापन विभाग- लिमा अधिकारी

गुनासो व्यवस्थापन विभाग- डा. चन्दा कार्की

विकास योजना तथा नीति तर्जुमा विभाग- डा.अरनिको पाँडे

तथ्यांक अनुसन्धान तथा अभिलेखिकण विभाग- मनिष झा

विधेयक मन्थन विभाग- गणेश कार्की

गैर आवसीय नेपाली सम्पर्क विभाग- अर्जुन अधिकारी

कानुन तथा न्याय विभाग- सोविता गौतम

अर्थ नीति विभाग- डा. स्वर्णिम वाग्ले

सार्वजानीक लेखा समीक्षा विभाग- मनिष झा

शिक्षा विभाग- सुमना श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या विभाग- डा. तोषिमा कार्की

कृषि विभाग- अशोक चौधरी

पर्यटन तथा संस्कृति विभाग- शिशिर खनाल

मुद्रा तथा पूँजी बजार विभाग- विराज भक्त श्रेष्ठ

उद्योग तथा वाणिज्य विभाग- गणेश पराजुली

श्रम तथा उपभोक्ता हित विभाग- असीम शाह

यातायत विभाग- शिव नेपाली

पूर्वाधार विकास अनुगमन- निशा डाँगी

विभाग युवा तथा खेलकुद विभाग- डा.तोसिमा कार्की

विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग- सुमना श्रेष्ठ

मानव अधिकार विभाग- सन्तोष परियार

सहकारी विभाग- अशोक चौधरी

वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग- विनिता कठायत

महिला तथा सामाजिक विकास विभाग- लक्ष्मी तिवारी

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू