रास्वपाले छान्यो ५७ समानुपातिक सांसद : नाम गरिएन सार्वजनिक

12

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेका ५७ समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको पार्टीका प्रवक्ता मनिष झाले बताए। उनका अनुसार ५७ मध्ये खसआर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना र मधेशीबाट ९ जना छन्।

यस्तै दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जना छन्। नामावली टुंगो लगाए पनि सांसदको सूची निर्वाचन आयोगबाट प्रमाणित भएर आएपछि मात्र सार्वजनिक गर्ने उनले जानकारी दिए। ‘सिफारिस गरेका सांसदको सूची आयोगले रुजु गरेर ‘अप्रुभ’ गरी सार्वजनिक होस् भन्ने चाहेका हौँ’, झाले भने।

प्रवक्ता झाले संसदीय दलको नेता चयनको विषयमा आन्तरिक छलफल भइरहेको भन्दै केन्द्रीय समितिको बैठकबाट टुंगो लगाउने उनले बताए। नेताहरू अस्वस्थ रहेका कारण यो विषय केही दिनपछि मात्र टुंगिने उनले बताए।

समाचार वर्गहरू