रास्वपा छोडेका परियार बाबुराम र जनार्दनसँग, ७ मंसिरमा एकता

156

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन् ।

७ मंसिरमा बृहत एकता घोषणा गर्ने सहमति नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र परियारले गरेका छन् ।

शुक्रबार सार्वजनिक सहमति पत्र अनुसार एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने सहमति छ ।

देश तथा विदेशमा बस्ने प्रगतिशील लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन समेत उनीहरूले आह्वान गरेका छन् ।

हेर्नुहोस् सहमति पत्र :

समाचार वर्गहरू