रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्य

67

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी पार्टीमा प्रवेश गरेकी ममता शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ।

सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) बमोजिम बाराकी शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

रास्वपा मधेश प्रदेश संस्थापक सभापति समेत रहेकी शर्माले टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको आरोप लगाउँदै पार्टी छाडेकी थिइन्।

 

समाचार वर्गहरू