रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

4

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको पद मंगलबारबाट रिक्त भएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारबाहीको सूचना दिन लागेका हुन्। कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ।

यसरी दलले गरेको कारबाहीको सूचना सभामुखले प्रतिनिधिसभा बैठकमा सुनाउनुपर्नेछ। संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू