रास्वापाका सांसद कार्की र तामाङको पद खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर

10

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसद विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङ विरुद्ध मंगलबार दायर गरिएको रिटमा उनीहरूको निर्वाचन नै बदर गर्न माग गरिएको बताइएको छ ।

सो रिट प्रदीपकुमार कटुवाल र अम्बरबहादुर रायमाझीले दायर गरेको बताइएको छ । निवेदकहरूको मुख्य दाबी भनेको कार्की र तामाङ उम्मेदवार बन्दा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्ने उल्लेख गरेका छन् । नेपालको निर्वाचन कानुन अनुसार कालोसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य मानिने भएकाले उनीहरूको उम्मेदवारी नै अवैध भएको दाबी गरिएको छ।

यसका साथै उनीहरूले आयोगलाई छलछाम गरेर उम्मेदवारी दिएको आरोप पनि लगाइएको छ। रिटमा निर्वाचन आयोगले दिएको विजयी प्रमाणपत्र बदर गर्न, उनीहरूको शपथ प्रक्रिया रोक्न र अन्ततः निवेदकहरूलाई नै निर्वाचित घोषणा गर्न माग गरिएको छ। यसले निर्वाचनको पारदर्शिता र उम्मेदवार छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

वारेस युवराज पौडेल (सफल० मार्फत दायर गरिएको यी रिटहरूको सुनुवाइका लागि चैत २५ गते पेसी तोकिएको छ। यसअघि पनि यस्तै प्रकृतिको विवाद देखिएको थियो। धनुषा क्षेत्र नं १ का रास्वपाका उम्मेदवार किसोरी साह को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको कारण बदर गरिएको थियो। सो बारे अदालतले भने केही बताउन चाहेको छैन ।

समाचार वर्गहरू