(रौतहट) – राैतहटकाे गढीमाई नगरपालिका वडा नम्बर २ मा भएको निर्वाचनमा नेपाली कांंग्रेसका तर्फका दिपेन कुमार श्रेष्ठ विजय भएका छन् । शनिबार भएकाे मतदानमा नेकपाका उम्मेदवारलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठले ७ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा का जबाहार मियाले ५ सय ९६ मत पाए ।