रिक्त रहेका चार जिल्लामा महिला संघका अध्यक्ष मनोनीत

28

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले रिक्त रहेका चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ।

संघको बुधबार बसेको बैठकले अध्यक्ष रिकत रहेका सोलुखुम्बु, सिरहा, बारा र पर्सामा अध्यक्ष मनोनीत गरेको संघकी प्रेस सैयवजक मञ्जु नेपाल ‘भण्डारी’ले जानकारी दिइन् ।

भण्डारीका अनुसार सोलुखुम्बु अध्यक्षमा सरला नाछिरिङ राई, सिरहामा धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी मनोनीत भएका छन्। बारामा कलावतिदेवी पासवान र पर्सामा किरणकुमारी शर्मा अध्यक्षमा मनोनीत भएका छन्।

संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मनोनीत सबै जिल्ल्ला अध्यक्षहरुलाई सुम्पिएको जिम्मेवारी समयमै पुरा गर्न निर्देशन दिँदै सफल कार्यकालको शुभकामना समेत दिएको उनले बताइन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू