रिक्सा श्रमिक संघले गर्‍यो श्रमिकलाई राहत वितरण

23

(काठमाडौं)  –  नेपाल अटो रिक्सा,ई रिक्सा तथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघले ५० घर परिवार रिक्सा ठेला श्रमिकहरुलाई खाद्यान्न सामाग्री राहत वितरण गरेका छन् । संघले लकडाउनका कारण काम विहिन भई ज्यादै समस्यामा परेका काठमाडौ उपत्यकाको विभिन्न स्थानमा कार्यरत श्रमिकहरुलाई राहत स्वरुप १० किलो चामल , एक प्याकेट तेल र नुन कोठा कोठामै पुगेर वितरण गरेको हो ।

लकडाउनको समय थप्दै जादा काम विहिन भएका श्रमिकहरुमा दिनप्रतिदिन समस्या बढ्दै गएकोले केहि राहत होस् भन्ने हेतुले राहत वितरण गरेको संघका अध्यक्ष खिला बस्नेतले जानकारी दिए । राहत वितरण कार्यमा संघका अध्यक्ष खिला बस्नेत , कोषाध्यक्ष शोभा भण्डारी , संघका बागमती प्रदेश अध्यक्ष जंग बहादुर तामाङ लगायत उपस्थित थिए ।

समाचार वर्गहरू