(एजेन्सी) – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले शानदार जित हात पारेको छ । बुधबार रातिको खेलमा रियलले टर्किस क्लब गलातासारेलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
रियलले आफ्नै घरेलु मैदानमा गलातासारेलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । रियलको जितमा रोड्रिगोले ह्याट्रिक गोल गरे । त्यस्तै, करिम बेन्जिमाले दुई गोल र सर्जियो रामोसको नाममा एक एक गोल रह्यो । । खेलको चौंथो र सातौं मिनेटमा नै रोड्रिगोले गोल गर्दै रियललाई २-० गोलको अग्रता दिलाए ।
खेलको १४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीबाट गोल गर्दै ३-० गोलको अग्रता दिलाए । खेलको ४५ मिनेटमा बेन्जिमाले गोल गरेसँगै रियल पहिलो हाफसम्ममा ४-० गोलले अघि रहेको थियो । रियलले खेलको दोस्रो हाफमा थप दई गोल गर्न सफल भयो ।
रियलका लागि खेलको ८१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै ५-० गोलको जित दिलाए । खेलको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ह्याट्रिक पूरा गरेसँगै रियललाई पनि ६-० गोलको जित दिलाए ।
समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ । हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।