रिलायन्सको विज्ञान प्रदर्शनी मेला, तारविनाको रोबोट देखि स्मार्टसिटि सम्म

4

काठमाडौं – काठमाडौं उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित रिलायन्स इन्टरनेशनल एकेडेमिले दुइदिने विज्ञान प्रदर्शनी मेला आयोजना गरेको छ ।

बिहिबार सरस्वतिनगर स्थित एकेडेमिकै प्राङ्गणमा एक कार्यक्रमकाबिच उक्त दुईदिने प्रदर्शनी मेलाको शुरुवात गरिएको हो ।

यहि चैत्र १० र ११ गते चल्ने उक्त प्रदर्शनीको राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा इन्जिनियर देवले प्रविधिको क्षेत्रमा केहि नयाँ काम गर्न चाहने जो कोहिलाई आवश्यक सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र सधैं तयार रहेको बताए ।

विद्यार्थिको प्रतिभालाई उजागर गरि उनिहरुलाई राष्ट्रको असल र सभ्य नागरिक बनाउने उद्देश्यकासाथ यो दुईदिने प्रदर्शनी मेलाको आयोजना गरिएको रिलायन्स इन्टरनेशनल एकेडेमिका प्राचार्य एवं रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले बताए ।

कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य एवं सिनियर सिए राजु सिवाकोटी तथा रिलायन्स इन्टरनेशनल एकेडेमिका सहायक प्राचार्य नन्दु कुशवाहले प्रदर्शनिमेलाको औचित्यकाबारेमा प्रकाश पारेका थिए ।

बिहिबार र शुक्रबार सञ्चालनहुने उक्त दुईदिने प्रदर्शनी मेलामा ११ वटा विज्ञान प्रदर्शनी ६ वटा सुचना प्रविधि तथा अन्य थप प्रदर्शनि समेत रहेको एकेडेमिका अतिरिक्त क्रियाकलाप प्रमुख गोबिन्द ढकालले बताए ।

उक्त कार्यक्रममा रिलायन्स एकेडेमिका विद्यार्थिले संकलन गरेको रु ६५ हजार राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउने घोषणासमेत गरिएको थियो ।

No description available.

 

समाचार वर्गहरू