रुकुम पश्चिममा भएको हत्या प्रकरणका योजनाकार वडाध्यक्ष मल्ल

73

(काटमाठौं) – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्नाथमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा वडा अध्यक्षको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका जाजरकोटको नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिने स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत झुक्याएको पाइएको छ ।

घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही हुन सिफारिश गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार गत जेठ १० गते नवराज १९ जनाको समूह लिएर चौरजहारीस्थित ती युवतीको घर भएको पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृह मन्त्रालयले बताएको छ ।

वडाध्यक्ष मल्लले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको पाइएको छ ।

गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसलाई भेला जम्मा गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी छ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ ।

हाल फरार रहेका प्रतिवादी तुलाराम घर्ती, क्वापे भने लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुन विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

समाचार वर्गहरू