(काठमाडौं) – रुकुमको चौरजहारी हत्याकाण्डको विरोधमा काठमाडौँको माइतीघरमाप्रदर्शन भएको छ ।
कांग्रेस पाठशालाको आयोजना मा नेविसंघ, नेपाल जलित संघ, दलित बिद्यार्थी संघ र काग्रेसका नेताहरुको सहभागीता रहेको प्रतिकात्मक प्रदर्शन नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा सम्पन्न भएको हो ।
प्रदर्शनका क्रममा सम्बोधन गर्दै महामन्त्री तिमल्सिना ले सोती घटना अत्यन्तै क्रुर, अमानविय र जघन्य भएको बताए । संसदिय समिति तच्काल गठन गर्न र सरकार को दोषी लाइ कारबाही गर्ने भन्न्दा उम्काउने र संरक्षण गर्न चर्फ उद्यद भएको उनले बताए ।त्स्तै अर्का महामन्त्री युबराज पाण्डेले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका छन् ।
गत शनिबार प्रेमिका लिन १८ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरुले आक्रमण गरेका थिए ।
गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
प्रदर्शनमा काग्रेस नेताहरु कृष्ण रिजाल , प्रताप पौडेल, जिमी लामा, दलित संघका नेता मन्जीत ताम्रकार,नेबिसंघका पुर्ब केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, नेताहरु निमा गिरी, दलित बिद्यार्थी संघ का राजु सुनार, नारायण हमाल तपेन खड्का, दिपक ओझा लगाएत सहभागी थिए ।