काठमाडौँ – सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।
प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको हो । इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो ।
२ महिला हत्याको विषयमा न्याय खोज्न बाँकेबाट काठमाडौं पैदल आएका आफन्त र अधिकारकर्मीहरुको प्रदर्शनस्थल माइतीघर मण्डलाबाट प्रहरीले खानलाई पक्राउ गरेको थियो ।