काठमाडाैं – नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल महानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
अभिनेत्री रेखा थापाले सेलेब नेपाल नामक युट्युव च्यानल मार्फत थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ।
ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा थापा माथिको अनुसन्धान अघि बढाएको बताएको छ।