दाङ – दाङको राप्ती गाउँपालिका-८ बिजौरीमा बाटोमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा राप्ती गाउँपालिका-७ का २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि लमही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।