रोग प्रतिरक्षा प्रणालीमा भएको नयाँ खोजले क्यान्सर उपचारमा नयाँ आशा

26

मध्यबिन्दु/बीबीसी – मानव शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । ‘नेचर इम्युनोलोजी’ नामक जर्नलमा प्रकाशित कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूको अध्ययन प्रतिवेदनले सबै खाले क्यान्सरको उपचारमा यसले सहयोग गर्नसक्ने देखाएको हो ।

प्रतिरक्षा प्रणालीले रोगहरू लाग्नबाट बचाउँछ । वैज्ञानिकहरुले मानिसको रगतभित्र ‘टी–सेल’ नामक एक कोष फेला पारे जसले प्रतिरक्षा प्रणाली सक्रिय गर्दछ । यो कोषले शरीरभित्र भएको रोगको खतरा पत्ता लगाइ शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ ।

वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरिसकेका छन् । क्यान्सरका बिरामीहरूमा यसको परीक्षण नगरिए पनि सबै खाले क्यान्सरको उपचारमा यसले ठूलो सम्भावना बोकेको उनीहरुको दाबी छ । यो खोज सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

समाचार वर्गहरू