रौतहटमा झडपपछि कर्फ्यु आदेश जारी

6

काठमाडौं – रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन्।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जानकारी दिए। उनले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको बताए।

‘विवादलाई सामान्यीकरण गर्न दुई पक्षबीच छलफलको बाबजुद पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमबारे तपसिल सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०५ गते बेलुका ०५: ०० बजे देखि अर्को आदेश नभए सम्मको लागी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फ्यु आदेश जारी गरिएको छ,’ प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू