रौतहटमा प्रहरी र स्थानीयबीच झडप, १२ राउण्ड हवाई फायर

51

(रौतहट) – रौतहटमा प्रहरी र स्थानीय बीच झडप भएको छ । इशनाथ नगरपालिकाको जोकहाका दुई जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।

कोरोना संक्रमितलाई गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन गएका प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले ढुङ्गा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

समाचार वर्गहरू