(झापा) – दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा लकडाउनको मौका छोपी लोपोन्मुख वन्यजन्तुको चोरी तस्करी हुने गरेको पाइएको छ शुक्रबार राति नेपाल भारत सीमा कचनकवल गाउँपालिका ५ को सीमावर्ती क्षेत्रबाट सालक भेटिएसँगै वन्यजन्तु तस्करीको रहस्य खुलेको हो ।
सो स्थानको ११२ र ११३ नम्वर पिलरको बीचमा बोराभित्र पोको पारेर राखिएको अवस्थामा सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सीमामा भेटिएको सेतो प्लाष्टिकको बोरा खोलेर हेर्दा जिउँदो सालक भेटिएको प्रहरी कार्यालय झापाका सूचना अधिकारी साकार पन्तले बताए ।
प्रहरीले उक्त सालकलाई शनिवार डिभिजन वन कार्यालय चन्द्रगढीको जिम्मा लगाएको छ । सालक नेपालबाट भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ ।