काठमाडौं – लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक आगामी असार २९ गते शुक्रबारदेखि संयुक्त कारोबारमा जाने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मर्जरका लागि मंगलबार अन्तिम स्वीकृति दिएसँगै दुई बैंक मर्जर भएर एकीकृत कारोबारमा जाने भएका हुन् ।
यसअघि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड गाभिई साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व वित्तीय कारोबार एकीकृत भई एउटै बैंक बन्नेछ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम सर्वसाधारणको लागि बैंक मर्जरको जानकारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।