रासस/काठमाडौं – युरोपेली देश लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् ।
एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा आजै एक विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
विदेशमन्त्री एसलवर्नले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भोलि बिहीबार शिष्टाचार भेट गर्नेछन् ।