लमजुङमा गोरु काटेको आरोपमा तीनजना पक्राउ

17

काठमाण्डौं – लमजुङमा गोरु काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिका ७ ङादी दोभानमा गोरु काटेको आरोपमा तिनजनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार पक्राउ पर्नेमा ङादी दोभानचौरका वर्ष  ४२ का रामबहादुर भुजेल, मर्स्याङ्दी  गाउँपालिका ७ का वर्ष ३० का राजकुमार भुजेल र बेसीसहर नगरपालिका १० बस्ने वर्ष २० का दुर्गा थापा मगर रहेको प्रहरीले जनाएको छ ।

दोभानचौरका स्थानिय रामबहादुर भुजेलको घरमा गोरु काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खुदीबाट खटिएका प्रहरी टोलीले घरधनी भुजेलसहित उनीहरुलाई गोरुको मासु काट्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए  ।

शुक्रबार राति साँढे १० बजेतिर गोरु काटेको देखेपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए । पक्राउ परेका तीनै जनालाई आइतबार गौबध मुद्दामा लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू