(लमजुङ) – लमजुङमा मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । सुन्दरबजार नगरपालिका २ को वडा अध्यक्षको लागि चुनाव भैरहेको बेला मतदान केन्द्र कान्तिमन्दिर माबि नजिकै बिस्फोट भएको हो ।
स्थानीयका अनुसार मतदान केन्द्रको तल्लो जंगलमा बम बिस्फोट भएको हो । मतदान स्थलबाट करीब १ सय मिटरकाे दुरीमा बम पड्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले सुरक्षा ब्यवस्था कडा पारेको छ ।