लमजुङ सुन्दरबजारमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

13

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको हो । मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

ओरालो सडकमा रोकिराखेको बस सडकबाट पाउँदी खोलामा खसेको लमजुङ प्रहरीले जनाएको छ । घाइते महिलाको सुन्दरबजारस्थीत कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको प्रहरी निरीक्षक बसन्त बहादुर मगरले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार वर्गहरू