ललितपुरको बिच सडकमा बस पल्टिँदा १९ जना घाइते

1
फोटो : मनोज लामा

काठमाडौं – ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्।

प्रहरी प्रभाग इमाडोलका अनुसार आज (शनिबार) बिहान करिब ५:३० बजेतिर लुभु सानागाँउबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुको बी एण्ड बी र किस्ट अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ। बसमा २४ जना सवार थिए।

तीव्र गतिका कारण बस अनियन्त्रित भइ आफैं पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू