ललितानिवास प्रकरण – प्रहरी नियन्त्रणमा रहेका सचिव राउत रिहाइको माग गर्दै सर्वोच्चमा

4

काठमाडौं – प्रहरी हिरासतमा रहेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत रिहाईको माग गर्दै सर्वोच्च पुगेका छन् ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटनामा पक्राउ परेका उनको हकमा उषा कार्कीले बुधबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।रिटको पेसी २८ गतेका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

बुधबार दर्ता गरिएको रिटमा गृह मन्त्रालयका साथै नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं तथा जिल्ला अदालत काठमाडौंलाई विपक्षी बनाइएको छ ।

सिआइबीको टोलीले राउतलाई २४ असारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । अदालतले उनलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो ।

उनीमाथि सरकारी छाप किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको हो ।

म्याद थप गर्ने कार्य गैरकानुनी रहेको तथा पक्राउ पुर्जीमा आफूले के कसुर गरेको भन्ने उल्लेख नरहेकाले राउतले आफूलाई तत्काल रिहा गर्न आदेश माग गरेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू