ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ

2

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाका अधिकृत भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडासचिव थिए । कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । महर्जन नक्कली मोही हुन् ।

प्रहरीले गएको मङ्गलवार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।

झण्डै एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि चलिरहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू