ललिता निवास प्रकरणमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नजोडिएको बाबुरामको दाबी

19
फाइल फोटो

काठमाडौं – ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नाम मुछिएपछि उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नजोडिएको दाबी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणमा सरकारको नेतृत्व गर्दा मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेका हुन्।

उनले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा समेत आफूले थाहा भएको कुरा जानकारी गराएको उल्लेख गर्दै उनले दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने विषय आफूले निरन्तर वकालत गर्दै आएको बताए।

भट्टराईले भनेका छन्, ‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झागिएको स्थितिमा ललिता निवासलगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु। त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।’

तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन !’

‘कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नहुने बताउँदै उनले भने, ‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्, अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्।’ उनले लेखेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू