ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

5
फाइल फोटो

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

योसँगै ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिवसहित पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा मालपोत कार्यालयका नायव सुब्बा र खरिदार मङ्गलवार बिहान काठमाडौंबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।

प्रहरीले यसअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्ण राउतलगायतलाई पक्राउ गरेको छ। प्रहरीले ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू