लहानका किसानले फलाए रंगिन काउली,हेर्नेको भीड, मुल्य पाँच गुणा बढी

32
फोटो रासस

काठमाडौं – सिरहाको लहानका एक किसानले गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली फलाएपछी हेर्ने मानिसहरूको घुइँचो नै लाग्न थालेको छ

लहान नगरपालिका—२४ का किसान रतन साहले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले मानिसहरूको घुइँचो नै लाग्न थालेको छ ।

सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएर उत्पादन सुरु गरेको उनको भनाई छ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाएका उनले राम्रो उत्पादन भएर बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा रहेको बताए ।

उनले एक किलोसम्मको काउली फलाएका छन् ।’यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ ।’

उनले सोमबार मात्र १६ किलो काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू