लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरबाट एक पक्राउ

23

(कञ्चनपुर) – लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–४ घर भई हाल भिमदत्त नगरपालिका–४ सब्जीमण्डी बस्ने ४० वर्षीय जिवन भट्ट रहेका छन् ।

उनलाई अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३५ मिलीग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध खरिद बिक्री एवं ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिका–१८ सालघारीबाट लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू