लागूऔषध चरेशसहित काठमाडौंबाट एक पक्राउ

29

काठमाडौं – लागूऔषध चरेशसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङ रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–१२ ईन्द्रचोकबाट २ केजी चरेश सहित सोही ठाउँ बस्ने स्याङताङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेश फेला पेरको हो ।

स्याङताङ उपर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

समाचार वर्गहरू