लागूऔषध ब्राउनसुगर सहित दाङबाट एक पक्राउ

56

(दाङ) – लागूऔषध ब्राउनसुगर सहित दाङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय शंकर पुन रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले नेपालगञ्जदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा.१ च ३८९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा एम्बुलेन्समा सवारमध्ये शंकर पुन नक्कली बिरामी रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

साथै सोही एम्बुलेन्सका चालक तथा एम्बुलेन्समा सवार १ जना १८ वर्षीया किशोरीलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू