लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

61

(काठमाडौं) – लागूऔषध मुद्दाका फरार प्रतिवादी थानकोटबाट पक्राउ परेका छन् । चन्द्रागिरीबाट नगरपालिका ३ थानकोट बस्ने ५६ वर्षीय श्रीराम श्रेष्ठलाई सोमबार प्रहरीले सोही नगरपालिका ६ बाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०४३ साउन १३ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ वर्ष कैद सजाय र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएकोमा अदालतको आदेशले डिल्लिवजार कारागार चलान गरिएको उक्त वृत्तले जनाएको छ ।

समाचार वर्गहरू