(ललितपुर) – लागूऔषध सहित ललितपुर इमाडोलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इमाडोलबाट झापाका संजोक लिम्बुलाई नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट डाईजेपाम ७४ एम्पुल, नुर्फिन ५८ एम्पुल र फेनारगन ७४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, ललितपुर हरिसिद्धीबाट पनि प्रहरीले काभ्रेका श्याम तामाङ पनि नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ । उनको साथबाट डाईजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल फेला परेको छ ।