लागूऔषध सहित एक महिला पक्राउ

23

(दाङ) – लागू औषध ब्राउन सुगर सहित एक महिला दाङबाट पक्राउ परेकी छन् । तुलसीपुरस्थित आफ्नै घरबाट लागूऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशिल टोल बस्ने ४२ वर्षीया शान्ता गिरी छन् । लागूऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनलाई लागू औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट २७ पुडिया प्लाटिक सहित आठ ग्राम ४७० मिलि ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहर नाथ योगीले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू