काठमाडौं – अवैध लागूऔषध सहित विभिन्न जिल्लाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट १ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २० वर्षीय चक्र जयगढीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले शंका लागि चक्रको शरीर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
बाँके, खजुरा गाउँपालिका-८ रनियापुर बस्ने २१ वर्षीय मोहम्मद सफिक खानलाई करिब ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नियापुरबाट खटिएको प्रहरीले खानलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ लोकतान्त्रिक बस्ती बस्ने ३४ वर्षीय किरण धिमाललाई ६ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किरणले गाँजा लुकाई छिपाई घरबाटै बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले घर तलासी गर्दा बेच्नलाई तयारी बनाइ राखेको उक्त परिमाणको गाँजा फेला परी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।