(सप्तरी) – नियन्त्रित लागूऔषध सहित सप्तरीबाट एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–१ खुरुरिया घर भई हनुमाननगर कंकालिनी नगरपालिका–१ भारद बस्ने २२ वर्षीय अनिल कुमार मण्डल रहेका छन् ।
नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ हजार १ सय ६८ थान र डाईलेक्स डिसी २८ थान सहित उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बा ६७ प ४८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।