लागू औषध सहित सिरहाबाट ३ पक्राउ

17

(सिरहा) – प्रतिबन्धित लागूऔषध सहित सिरहाबाट तीन जना पक्राउ परेका छन् । लागूऔषध सहित पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिकाबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ का १८ वर्षीय रोशन खड्का, ३० वर्षीय गोविन्द नेपाल र भारतीय नागरिक १८ वर्षीय मोहम्मद रियाज रहेका छन् ।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला पारेको हो ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

समाचार वर्गहरू