लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

60

काठमाडौं – कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न  ५ दिनको म्याद थप भएको छ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित चारजनालाई  अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो। म्याद थपका लागि बिहीबार बिहान लामिछानेसहित छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई  अदालत उपस्थित गराइएको थियो।

सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेसहित चारैजना कास्की प्रहरी हिरासतमा  छन्।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। उनीविरुद्ध  कास्की,काठमाडौं,चितवन,रुपन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।

समाचार वर्गहरू