लिभरपुलसँग आर्सनल ५-४ ले पराजित

15

(एजेन्सी) – लिभरपुल, म्यानचेष्टर युनाईटेड र एष्टन भिल्ला काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका खेलमा लिभरपुलले आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले स्तब्ध पार्‍यो ।

निर्धारित समयको खेलमा ५–५ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिईएको थियो । जसमा लिभरपुल भाग्यमानी बन्यो । गोल रक्षक कोईहिन केल्लेहरले डानी सेवाल्लोसको प्रहार रोक्दै टोलीलाई क्वार्टरफाइनलसम्म पुर्‍याएका हुन् ।

म्यानचेष्टर युनाईटेडले चेल्सीलाई २–१ ले हरायो । उसको जितमा दुबै गोल मार्कोस रासफोर्डले गरे । २५ औं मिनेटमा पेनाल्टी सुटआउटमा गोल गर्दै रासफोर्डले युनाईटेडलाई अग्रता दिलाएका थिए । उनैले ७३ औं मिनेटमा गोल थप्दै टोलीलाई जित दिलाए । मिसी बात्सुआईले आर्सनलका लागि गोल गरेका थिए ।

गएराति नै एष्टन भिल्लाले वोल्भरहेम्प्टनलाई २–१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको छ ।

समाचार वर्गहरू