(एजेन्सी) – डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले केआरसी जिंकलाई २-१ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरण नजिक पुगेको हो ।
लिभरपुलको जितमा जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरे । यता, जिंकका लागि एमवना समटाले गोल गरे । खेलको १४ औं मिनेटमा नै जर्जिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४० औं मिनेटमा समटाले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र जिंकले १-१ गोलको बराबरी खेलेका थिए । खेलको ५३ औं मिनेटमा एलेक्सले गोल गर्दै लिभरपुललाई २-१ गोलको अग्रता दिलाए ।
शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौंथो स्थानमा छ ।