लिभरपुलसँग चेल्सी २-० ले पराजित

24

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा एनफिल्ड क्लबका फरवार्ड साडियो मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।

लिभरपुलको जितमा दुवै गोल साडियो मानेले नै गरे । ५० औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर पारे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गाेलकिपर एलिसनले बचाए ।

आइतबार नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले साउथह्याम्पटनको मैदानमा ५-२ को जित हासिल गरेको छ । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेर १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थपेको थियो ।

यस्तै, लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार बर्नलीलाई ४–२ ले हराएको छ । लेस्टरका लागि हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रेटले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । लेस्टरले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

समाचार वर्गहरू